३ दशकपछि मेयर आचार्यको परिचय ‘धनी धनराज’
पाेखरा | साउन ५, २०७९
पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएपछि धनराज आचाार्यले २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धताअनुरुप उनले वचन पुरा गरेका छन् ।
मेयर आचार्यले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उनी नेपालकै ‘धनी’ मेयर कहलिएका छन् ।
उनले सार्वजनिक गरेअनुसार आचार्यको ४ वटा घर रहेकोछ । जसमध्ये २ घर पोखराको नयाँबजारमा छ । उक्त घरको स्वामित्व श्रीमति पुष्पाको नाममा छ । त्यस्तै, एउटा घर पोखराको ११ नम्बरमा छ भने अर्काे काठमाण्डौंको सीतापाइलामा रहेको विवरणमा उल्लेख छ ।
सार्वजनिक गरिएको विवरणमा आचार्यसँग दोलखामा करिब ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा रहेको छ । घर र जग्गाको हालको मूल्यअनुसार अनुमानित १५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, आचार्यसँग ३ कार, १ भ्यान र ३ स्कुटर रहेको छ । कारमध्ये एउटा जापानमा बनेको टोयोटा कम्पनीको ¥याभ–४ हो । सवारीसाधनको कूल मूल्य २ करोड रुपैयाँ उल्लेख छ ।
यसैगरी, मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ भने बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख छ ।
मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर रहेको आचार्यको सुपर मादी हाइड्रो, हेवा खोला हाइड्रो र तमोर जलविद्युत आयोजनामा पनि लगानी रहेको छ ।
४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयरसँग २ करोड ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।
साथै, विवरणमा आचार्यले ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको जनाएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियुबाट राजनीतिसँगै व्यापारमा हात हालेका आचार्य सभापति भएपछि राजनीतिक कम र व्यापारमा बढी लागेका हुन् । सुरुवाति दिनमा पुस्तक पसल र पब्लिकेशनमा हात हालेका आचार्य ३ दशकभित्र जलविद्युत, कृषि, पर्यटन, बैंकलगायत २ दर्जन व्यावसायिक प्रतिष्ठानका मालिक बनेका छन् ।
व्यापारमा सफल मानिएका आचार्य पछिल्लो समय नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर चुनिएका हुन् ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

